नियम २४
पुरानो बेरुजु फछ्र्यौट गर्ने सम्बन्धी विशेष व्यवस्था
(१) महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गरी औल्याएका बेरुजुमध्ये हिनामिना गरेको, तहबिल (नगद तथा जिन्सी) मस्यौट गरेको र भ्रष्टाचार गरेको प्रकृतिका बेरुजु बाहेक अन्य प्रकारका प्रमाण कागज नपुगेका बेरुजु सम्बन्धमा महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन नसकिएमा समितिले सो प्रयोजनका लागि जाँचबुझ समिति गठन गरी जाँचबुझ
गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको जाँचबुझ समितिबाट प्राप्त प्रतिवेदनका आधारमा समितिले बेरुजु नियमित गर्न सक्नेछ ।
(३) महालेखा परीक्षकको कार्यालयबाट अनियमित भएको भनी औल्याएको बेरुजु बाहेकका पेश्की बाँकी, असुल उपर गर्नु पर्ने, धेरै पुरानो भई श्रेस्ता फेला नपरेका बेरुजुको हकमा मनासिव कारण देखिएमा तीनलाख रूपैयाँसम्मको बेरुजु रकम अध्यक्ष र सो भन्दा बढीको हकमा समितिले मिन्हा गर्न सक्नेछ ।